नियम ४६
अन्य निवेदनको प्रारम्भिक सुनुवाइ
: (१) नियम ३२ बमोजिम परेको सार्वजनिक सरोकारको विवाद तथा नियम ३३ बमोजिम परेको बन्दीप्रत्यक्षीकरणको निवेदन बाहेकका अन्य निवेदनको प्रारम्भिक सुनवाई गर्दा अदालतको विचारमा जिकिर उचित र कानूनसङ्गत देखिएमा माग गरिए बमोजिमको आदेश जारी नहुनु पर्ने कुनै कारण भए निश्चित म्यादभित्र लिखित जवाफ लिई आफैँ वा आफ्नो प्रतिनिधिद्वारा उपस्थित हुन प्रत्यर्थीको नाउँमा कारण देखाउ आदेश जारी गर्नु पर्नेछ ।अन्तरिम आदेशसमेत माग भएकोमा सो सम्बन्धमा अनिवार्य रूपमा बोल्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम आदेश गर्दा कुनै प्रत्यर्थीको निवेदकले उठाएको विषयसंग कुनै सम्बन्ध देखिन नआएमा वा विपक्षी कायम गर्न उपयुक्त र व्यावहारिक नदेखिएमा त्यस्तो प्रत्यर्थीको नाममा अदालतले कारण देखाउ आदेश जारी नगर्न सक्नेछ ।
तर लिखित जवाफबाट विपक्षी कायम गर्नु पर्ने देखेमा कायम गर्न बाधा पर्ने छैन।
(३) उपनियम (१) बमोजिम जारी भएको कारण देखाउ आदेशमा निर्धारित म्यादभित्र प्रत्यर्थीले अनुसूची –३ बमोजिमको दस्तुर सहित अदालतमा लिखित जवाफ पेस गर्नु पर्नेछ ।